दफा १११
पुनः तामेल गर्न लगाउने

(१) दफा ११० बमोजिम जाँच गर्दा कानूनको रीत पुर्याई म्याद तामेल गरी ल्याएको नदेखिएमा वा त्यस्तो म्याद तामेलीकोसम्बन्धमा कसैको उजुर परी बुझ्दा बेरीतसँग म्याद तामेल भएको वा तामेल नै नभएको देखिएमा अदालतले पुनः रीतपुर्याईतामेल गर्न सम्बन्धित तामेलदार वा अर्को तामेलदारलाई आदेश दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम आदेश भएकोमा त्यस्तो तामेलदारले यस परिच्छेद बमोजिम पुनः म्याद तामेल गर्नु पर्नेछ ।